नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग

डिसी नेपाल
१० कार्तिक २०७७ १६:३२
1.9k
Shares

काठमाडौैँ । । नवलपरासीमा हत्या गरिएका सन्तको हत्यारालाई कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद नेपालले प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीमार्फत ज्ञापनपत्र बुझाएको छ ।

परिषदले बारम्बार हिन्दू आस्थामाथि आँच आउने गरी हत्या, हिंसा आक्रमणको घटना बढ्नुले नेपालको फितलो सुरक्षा व्यवस्थालाई प्रदर्शित गरेको भन्दै हत्या–हिंसाविरुद्ध सरकारले विशेष पहल गरी समयमै आपराधिक तत्वलाई निरुत्साहित गर्न अपिल समेत गरेको छ ।

‘नेपालमा साधुसन्त समेत सुरक्षित नरहनु दुर्भाग्यपूर्ण हो । सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएको साधु–सन्तहरुको सृंखलाबद्ध हत्या एवं साधु–सन्तमाथि सांघातिक आक्रमणले सम्पूर्ण सनातनी समाज मर्माहीत तथा आक्रोशित भएको छ । उक्त अमानवीय घटनाको विहिप नेपाल कडा शब्दमा निन्दा गर्दछ । हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारवाही गरियोस् साथै मृतक सन्तलाई सहिद घोषणा गर्दै सन्तसमाजको सुरक्षा–व्यवस्था मिलाउन सरकार समक्ष विहिप नेपाल माग गर्दछ ।’ ज्ञापनपत्रमा भनिएको छ।

बारम्बार हिन्दू आस्थामाथि प्रहार भैरहे हिन्दू समाज तथा हिन्दू संगठनहरु कडारूपमा प्रस्तुत हुन बाध्य हुनेछ र तत्पश्चात् सिर्जना हुने परिस्थितिको जिम्मेवार सरकार स्वंय हुनुपर्ने पनि परिषदले जनाएको छ।

ज्ञापनपत्रः


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *