पैसाका लागि २ वटी श्रीमतीसँगको यौनसम्बन्ध अनलाइनमा लाइभ गर्ने युवक पक्राउ

डिसी नेपाल
१० कार्तिक २०७७ १७:३९

काठमाडौं। पैसा कमाउनका लागि आफ्ना २ वटी श्रीमतीसँगको यौनसम्बन्ध अनलाइनमा लाइभ गर्ने २४ वर्षका एक युवक पक्राउ परेका छन् । ती युवकले यस्ता लाइभ शो गरेर लाखौं रुपैयाँ कमाइरहेको बताइएको छ । शनिबार भारतको मध्य प्रदेश पुलिसले उनलाई पक्राउ गरेको छ । पुलिसका अनुसार यी युवकले विभिन्न एपहरुमा दुई पत्नीसँग लाइभ सेक्स शो गर्थे । मध्य प्रदेशको विदिशाबाट उनलाई पक्राउ गरेर उनीमाथि बलात्कारको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार ती युवककी २ मध्ये कान्छी पत्नीले पुलिसमा उजुरी दिएपछि पुलिसले उनलाई पक्राउ गरेको हो । पत्नीको उजुरीको आधारमा उनीविरुद्ध बलात्कार र व्यक्तिगत गोपनीयताको हननको अभियोगमा मुद्दा चलाइएको छ । उनकी पत्नीले उनीमाथि आफूहरुको निजी समय अनलाइन देखाएर आफूलाई मानसिक यातना दिएको आरोप लगाएकी थिइन् । पुलिसका अनुसार आरोपी युवक १० कक्षासम्म मात्रै पढेका छन् तर उनीसँग कम्प्युटरको राम्रो ज्ञान छ ।

उनले कैयौं डेटिङ एपमा प्रोफाइल बनाएका थिए । पुलिसका अनुसार उनले आफ्नो प्रोफाइलमा मेनु लगाएका थिए र अलग अलग भिडियो शोका लागि ५ सयदेखि १ हजार रुपैयाँसम्म लिन्थे । जाँचको क्रममा पुलिसले २८ अगस्टमा खोलिएको एक अकाउन्टमा करिब ६ लाख रुपैयाँको कारोबार भएको पाएको छ । पुलिसका अनुसार उनले दैनिक ३ हजारदेखि ४ हजार कमाउँथे । पुलिसका अनुसार पक्राउ परेका युवकले आफूले यस्ता शो गर्ने स्वीकार गरेका छन् । युवककी जेठी पत्नीलाई भने यो शोसँग कुनै आपत्ति छैन । पैसा कमाएर राम्रो जीवन बिताउने प्रलोभन दिएर युवकले उनलाई मनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *