धरानमा थप एक सङ्क्रमितको मृत्यु

डिसी नेपाल
१० कार्तिक २०७७ १९:१४

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इटहरी–४ का ७९ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा आइतबार राति मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्राध्यापक डा आशिष श्रेष्ठका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका उनलाई यही कात्तिक ७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको स्वास्थ्यमा समस्या भएपछि आइतबार नै अस्पताल भर्ना गरिएको थियो । यससँगै प्रतिष्ठानमा सङ्क्रमितको मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *