अमेरिकी विदेश मन्त्री पोम्पेओ भारत भ्रमणमा

डिसी नेपाल
१० कार्तिक २०७७ २०:४७

नयाँदिल्ली(एजेन्सी) । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आएका छन् ।

भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको केन्द्रीय राजधानी नयाँदिल्ली आएका हुन् । बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबद्र्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने जनाइएको छ ।

छलफलमा भारतीय पक्षबाट विदेश मन्त्री एस जयशंकर र रक्षा मन्त्री राजनाथ सिंह रहने अधिकारीहरुले जनाएका छन् । मंगलबार हुने भारत र अमेरिकाबीचको यो बैठक तेस्रो उच्चस्तरीय बैठक हो ।

भारत प्रस्थान गर्नु अघि अमेरिकी विदेश मन्त्री पोम्पेओले ट्वीट गर्दै भनेका थिए, म भारत, श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको भ्रमणमा जाँदैछु । स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउनु मेरो भ्रमणको मुख्य उद्देश्य हो ।

भारत र अमेरिकाबीचको वार्तामा क्षेत्रीय सुरक्षा सहयोग, प्रतिरक्षा सूचना आदानप्रदान, सैनिक–सैनिकबीचको अन्तक्र्रिया तथा प्रतिरक्षा व्यापारका बारेमा पनि छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यसअघि दुई मुलुकबीच सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा यस्तै मन्त्रीस्तरीय बैठकहरु भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *