कालाबाङ्गमा केन्द्रीय लाइनको विद्युत विस्तार

डिसी नेपाल
११ कार्तिक २०७७ २२:४०
52
Shares

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कालाबाङ्ग गाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा विस्तार भएको छ ।

दशैँकै बीचमा पाँचबस्तीका ५० घरमा विद्यत विस्तारपछिस्थानीयवासीमा खुसीयाली छाएको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले पाखापाखानीको कमथानदेखि घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्ग बस्तीमा विद्युतीकरण गरेको स्थानीयवासी भेषकुमार शेरपुञ्जालीले जानकारी दिए । यसअघि त्यहाँका बासिन्दा उज्यालोका लागि लघुजलविद्युत परियोजनाको विजुली, सोलार र टुकिमा निर्भर थिए ।

केन्द्रीय लाइन विस्तारपछि टेलिभिजन हेर्न, कम्प्युटर र ल्यापटप चलाउन, मोबाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज हुने शेरपुञ्जालीले बताए ।

सो गाउँपालिकाले ६ को भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रायखोर, मुलपानी र उल्लेरीमा विद्युतीकरणका लागि सिम्रिक एयरको हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएकोे वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए।

कूल ७५५ किलोग्राम तौल भएका १०० केभीए क्षमताका दुई वटा ट्रान्सफर्मर हेलिकप्टरमा झुण्डाएर ढुवानी गर्दा रु. दुई लाख ६१ हजार ७०० खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसङ्ख्याको बसोबास छ ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *