पूर्व प्रमुखसचिव खनालको निधन

डिसी नेपाल
१२ कार्तिक २०७७ १२:२२
76
Shares

काठमाडाैं। तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ।

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए। मधुमेह र दमको बिरामी रहेका खनाल घरमै उपचाररत थिए।

मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन्।

तनहुँमा जन्मनुभएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। काठमाडौँमा निधन भएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि उनकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिनेछ।  रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *