पोखराका ६० सहित गण्डकी प्रदेशममा ९८ जनामा सङ्क्रमण

डिसी नेपाल
१४ कार्तिक २०७७ १२:१९
68
Shares

कास्की । पोखरा महानगरपालिकामा ६० जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान कास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा गरी ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

पोखरा महानगरमा सङ्क्रमित हुनेमा वडा नं १ का एक पुरुष, ३ का दुई पुरुष, ४ का दुई पुरुष तथा तीन महिला, ५ की एक महिला, ६ का एक पुरुष, ७ का एक पुरुष तथा तीन महिला, ८ का दुई पुरुष तथा एक महिला र ९ का एक पुरुष तथा दुई महिला छन्। त्यस्तै १० की एक महिला, ११ का एक पुरुष, १२ की एक महिला, १५ का तीन पुरुष, १६ का तीन पुरुष, १७ का दुई पुरुष तथा दुईृ महिला, १८ का दुई पुरुष, २५ का एक पुरुष, २६ की एक महिला, २७ की एक महिला तथा वडा नखुलेका १४ पुरुष तथा ६ महिला रहेका छन्।

त्यसैगरी स्याङ्जाका पालिका नखुलेका १ पुरुष तथा दुई महिला, तनहुँका पालिका नखुलेका दुई पुरुष तथा एक महिला, व्यास १ का एक पुरुष, ३ का १ पुरुष तथा एक महिला, ४ का एक पुरुष तथा एक महिला, पर्वतका पालिका नखुलेका एक पुरुष लमजुङ राइनास १ का एक पुरुष, सुन्दरबजारका वडा नखुलेका एक पुरुष, गोरखा सिरानचोक ४ का एक पुरुष र पालुङटार ८ का एक पुरुष, ३ का एक पुरुष तथा एक महिला, ४ का एक पुरुष तथा एक महिला छन्।

त्यस्तै नवलपुर कावासोती १ का एक पुरुष, ३ का एक पुरुष, ५ का एक पुरुष, ८ का दुई पुरुष तथा एक महिला, ११ की एक महिला, १२ का एक पुरुष, १४ की एक महिला, १७ का एक पुरुष, गैँडाकोट २ का चार पुरुष तथा १ महिला, ४ का एक पुरुष, ८ की एक महिला, १७ की एक महिला, मध्यविन्दु ६ का दुई पुरुष, ७ की एक महिला र विनयत्रिवेणी ४ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार १४५ पुगेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *