राम्रो श्रीमानको खोजीमा एकपछि अर्को गर्दै धमाधम बिहे !

डिसी नेपाल
१४ कार्तिक २०७७ १५:३४

काठमाडौं। बिहे गर्नको लागि मानिसहरुले सामान्यतया एउटा उपयुक्त व्यक्ति रोज्छन् र उसैसँग पूरै जीवन बिताउँछन् । केहीको भने पहिलो बिहे सफल हुँदैन र उनीहरुले दोस्रो बिहे गर्छन् । तर, अमेरिकामा एक यस्ती महिला छिन् जसले राम्रो श्रीमानको खोजीमा १–२ जना होइन पूरै १० जनासँग बिहे गरिसकिन् तैपनि उनले अझै उपयुक्त श्रीमान भेटेकी छैनन् र अझै पनि उनी अर्को बिहे गर्ने मुडमा छिन् । उपयुक्त श्रीमान नभेट्दासम्म उनको बिहे गर्ने क्रम जारी रहनेछ ।

महिलाले आफूलाई कति बिहे गरिसकें र अगाडि अरु कति बिहे गर्छु भन्ने कुराको कुनै मतलब नभएको बताएकी छिन् । उनलाई केवल मनको ‘मिस्टर राइट’ चाहिएको छ । मिस्टर राइटको खोजीमा १० बिहे गरिसकेकी महिलाको नाम केसी नामकी यी महिला अमेरिकाको न्यूयोर्ककी हुन् । ५६ वर्षकी यी महिलाले हालै अमेरिकाको चर्चित टेलिभिजन शो ‘डा. फिल शो’मा आफ्नो बिहेबारे खुलासा गरेकी हुन् । उनी यो शोमा सफल व्यवसायीको रुपमा सहभागी भएकी थिइन् र अन्तरवार्ताको क्रममा उनले आफ्नो व्यक्तिगत जीवनबारे पनि खुलासा गरेकी हुन् ।

केसीले हालै आफ्नो १० औं वैवाहिक सम्बन्ध अन्त्य गरेकी छिन् । उनले आफू असहज भएका कारण १० औं बिहे पनि अन्त्य गरेको बताइन् । उनी आफ्नो सम्बन्धसँग खुसी थिइनन् किनकि दैनिकजसो उनको श्रीमानसँग असमझदारी हुनथ्यो । अब उनी नयाँ श्रीमानको खोजीमा छिन् । केसीका अनुसार उनको सबैभन्दा लामो वैवाहिक सम्बन्ध ८ वर्षसम्म चल्यो । उनलाई यो सम्बन्ध अगाडि बढ्छ जस्तो लागेको थियो तर त्यसो हुन सकेन । उनको सबैभन्दा छोटो वैवाहिक सम्बन्ध केवल ६ महिना टिकेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *