प्रदेश नं. १ मा ७१ पत्रकार सङ्क्रमित

डिसी नेपाल
१४ कार्तिक २०७७ १८:१९

विराटनगर । प्रदेश नं. १ मा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको छ । प्रदेश नं. १ का नेपाल पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा बसेका छन् भने अरु सङ्क्रमणमुक्त भइसकेका छन् ।

यसैबीच नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटालाई आज कोभिड—१९ को सङ्क्रमण पुष्टि भएको छ ।

उनको कनकाईस्थित मेची प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार पिसीआर परीक्षण गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको हो । होम आइसोलेसनमा रहेका उनको स्वास्थ्य अवस्था सामान्य छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *