कोरोना सङ्क्रमणबाट वृद्धको मृत्यु

डिसी नेपाल
१५ कार्तिक २०७७ ११:५३

झापा । कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका–६ का एक वृद्धको मृत्यु भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्यु भएको हो।

गत कात्तिक ६ गते सङ्क्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको वृद्धको आज बिहान ७ः०० बजे उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए। मृतक मुटुरोगी हुन् । गौरीगञ्जमा पहिलोपटक सङ्क्रमितको मृत्यु भएको हो । यससँगै झापामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *