घुस लिएको अभियोगमा सई पक्राउ

डिसी नेपाल
१६ कार्तिक २०७७ १९:१९

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले यहाँबाट आज प्रहरी नायब निरीक्षक सिकिन्दर कामेतलाई रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

बरादम मोटरसाइकल छाड्नका लागि रु ५० हजार लिएको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालयमा कार्यरत प्रनानि कामेतलाई पक्राउ गरिएको हो ।

दुई साता अगाडि खाद्यान्न समानसहित बरामद मोटरसाइकल छाड्ने शर्तमा सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको रु ५० हजारसहित पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ ।

‘स्टिंग अपरशेन’ भइरहेको र अन्य विस्तृत विवरण आउन बाँकी रहेको आयोगको इटहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले आयोगको इटहरी कार्यालयले स्टिंग अपरेशनको सहजिकरणका लागि सहयोग माग गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वको टोली भन्सार कार्यालय पठाइएको बताए ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *