बालगायक प्रितम आचार्यलाई ५१ हजार पुरस्कार

डिसी नेपाल
१६ कार्तिक २०७७ २३:४४
80
Shares

झापा । झापाको रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले इटहरी–५ का प्रतिभाशाली ११ वर्षीय गायक प्रितम आचार्यलाई ५१ हजार १११ राशीसहित पुरस्कृत गर्ने भएको छ ।

प्रतिष्ठानले आचार्यलाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।प्रतिठानका अध्यक्ष गंगाप्रसाद ओलीले कोभिड १९ को महामारीका कारण पुरस्कार समर्पण गर्ने कार्यक्रम सहज स्थिति भएपछि तय गरिने बताए ।

इटहरीस्थित विश्व आदर्श एकाडेमीमा कक्षा ७ मा अध्ययनरत आचार्यले पाँच वर्षको उमेरदेखि गीत गुनगुनाउन थालेका थिए । उनले १० वर्षको उमेरमा भारतको जिटीभीद्वारा आयोजित सारेगमप लिटल च्याम्प प्रतियोगितामा तेस्रो उपाधि जितेर अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका थिए । उनलाई इटहरी उपमहानगरपालिकाले सद्भावना दूत नियुक्त गरिसकेको छ ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *