श्रीमान तालुखुइले भएको थाहा पाएपछि श्रीमतीले ठोकिदिइन् मुद्दा !

डिसी नेपाल
१७ कार्तिक २०७७ १०:२९

काठमाडौं। श्रीमान तालुखुइले भएको थाहा पाएपछि उनकी २७ वर्षकी श्रीमतीले मुद्दा हालिदिएकी छिन् । उनले श्रीमान र उनका परिवारमाथि आफूलाई धोका दिएको आरोप लगाएकी छिन् । मुम्बइको मीरा रोडमा बस्ने २९ वर्षका ती युवकले बिहे गर्नकै लागि आफू तालुखुइले भएको कुरा लुकाएको भन्दै उनकी श्रीमतीले नया नगर पुलिस स्टेशनमा मुद्दा हालिदिएको हिन्दूस्तान टाइम्सको रिपोर्टमा उल्लेख छ

‘मुख्य आरोपीले उजुरी गर्ने चार्टर्ड एकाउन्टेन्ट महिलासँग यही वर्षको सेप्टेम्बरमा बिहे गरेका थिए । महिलाले पछि उनका श्रीमान तालुखुइले भएको र विग लगाइरहेको थाहा पाइन्’ नया नगर पुलिस स्टेशनका सिनियर इन्स्पेक्टर कैलाश बार्वेले हिन्दुस्तान टाइम्ससँग भने । यसअघि ती महिलाले आफ्नो घरका अन्य सदस्यहरुसँग यो कुरा उठाएर आफूलाई उनी तालुखुइले भएको जानकारी नदिइ धोका दिएको भनेकी थिइन् । गत मंगलबार उनी नयाँ नगर पुलिस स्टेशन गएर आफ्ना श्रीमान र उनको परिवारविरुद्ध उजुरी दिएकी हुन् ।

उनले आफ्नो घरका सदस्यमाथि अझै धेरै दाइजोको लागि प्रताडित गरेको समेत आरोप लगाएकी छिन् । महिलाका अनुसार उनका श्रीमानले उनीमाथि शंका समेत गर्छन् र उनको फोन चोरेर उनको च्याट र कल रेकर्ड चेक गर्छन् । महिलाले श्रीमानमाथि अप्राकृतिक यौन सम्बन्धको लागि जबरजस्ती गरेको समेत आरोप लगाएकी छिन् । परिवारका अन्य सदस्यहरु धरौटीमा रिहा भएको तर मुख्य अभियुक्त श्रीमानको धरौटी ठाणे अदालतले अस्वीकार गरेर पुलिससामु आत्मसमर्पण गर्न निर्देशन दिएको बार्वेले बताए । ‘हामीले उनलाई १–२ दिनमा पक्राउ गर्नेछौं’ बार्वेले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *