अफगानिस्तानमा ४० हजार बालबालिका खोपबाट बञ्चित
फाइल फाेटाे।
काबुल । अफगानिस्तानको वादखशान प्रान्तमा तालिवान समूहले लगाएको प्रतिबन्धका कारण कम्तीमा ४० हजार बालबालिका नियमित खोप सेवा लिनबाट बञ्चित भएका छन् ।
प्रान्तीय जनस्वास्थ्य निर्देशक नूर खवारीले सोमबार दिएको जानकारी अनुसार तालिवान समूहले आफ्नो प्रभावक्षेत्रमा सरकारी गतिविधि सञ्चालन गर्न नदिँदा बालबालिकालाई खोप सेवा उपलब्ध गराउन नसकिएको हो ।
खवारीले भने,“सरकारले ४० हजार बालबालिकालाई घर–घरमा पुगी खोप दिने अभियानलाई तालीवानी बिद्रोहीहरूले रोकेका कारण प्रान्तको यमगन, रघुस्तान, दारा–ए–खुस्तक, जुर्म र वारजुज जिल्लाका केही भागमा खोप कार्यक्रम प्रभावित भएको हो ।
उनका अनुसार स्थानीय अधिकारीहरू पाँच वर्ष मूनिका करिब दुई लाख ६५ हजार बालबालिकालाई स्थानीयले नियमित खोप दिलाउन चाहेको भएपनि तालिवानी विद्रोहीको पकड रहेको क्षेत्रमा ४० हजार बालबालिका दादुरालगायतका रोगविरुद्धको खोप दिन असुविधा भएको छ ।
तालिवानका प्रवक्ता जाबिहुल्ला मुजाहिदले भने उक्त दावी आधारहीन रहेको तर केही परिवारले स्वतःस्फुर्त उनीहरू आँफैले बालबालिकालाई खोप दिन अस्वीकार गरेका बताएका छन्।
अफगानिस्तानको सरकारले पाँच दिन लामो पोलियो विरूद्धको खोपको मध्य सेप्टेम्बरदेखि सुरुवात गरेको छ । सरकारले उक्त अभियान अन्तर्गत देशभरका ६१ लाख बालबालिकालाई खोप दिने बताएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment