ढकाल समूहको उम्मेदवारी दर्ता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफ्नो नेतृत्वको समूहको जीत आवश्यक रहेको बताएका छन् । आफ्नो समूहका सदस्यको आज उम्मेदवारी दर्ता कार्यक्रममा उनले भने, ‘मेरो नेतृत्वको समूहले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघका तर्फबाट नीतिगत रुपमा व्यवसायमैत्री वातावरण बनाउन सरकारसँग अझ सशक्त रुपमा लविङ गर्ने बताए ।
यसैगरी कार्यक्रममा महासंघका पूर्वाध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्रप्रसाद ढकाल नेतृत्वको समूहले समावेशी रुपमा सबै पक्षलाई मिलाएर अघि बढेकाले जीत सुनिश्चित रहेको जिकिर गरे । ढकाल समूहबाट आज नै विभिन्न व्यक्तिले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । सोअनुसार वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुवोधकुमार गुप्ता, सुमित केडिया, रवीनकुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी जिल्ला नगरतर्फबाट पनि ढकाल समूहबाट आजै अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराएका छन् । सो समूहबाटै राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतको उम्मेदवारी दर्ता भइसकेको छ ।
यसैगरी एशोसिएट्सतर्फ अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट् थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराएका छन्। बाँकी सदस्यका अन्य उम्मेदवारले पनि केही दिनभित्रै सदस्यमा उम्मेदवारी गर्दा गराउने सोही समूहका तर्फबाट जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधि तिवारीले जानकारी दिए ।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment