युवालाई सही बाटामा डो¥याउन स्काउटसँग आग्रह

डिसी नेपाल
१९ कार्तिक २०७७ २२:४२

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल स्काउटले युवालाई सही बाटामा डो¥याउनुपर्ने बताएका छन् ।

नेपाल स्काउट प्रदेश तदर्थ समितिको आज यहाँ आयोजित शपथ ग्रहण समारोहमा उनले युवालाई मुलुकमा रहेका कुरीति, कुसंस्कार आदि न्यूनीकरण गरी राष्ट्रिय जागरण ल्याउने प्रेरणा दिन स्काउटसँग आग्रह गरे ।

स्काउट प्रदेशका प्रमुख तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश तदर्थ समितिका संयोजक रवि खनालसहित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै स्काउटको विधानानुरुप अगाडि बढ्न आग्रह गरे । नेपाल स्काउटले खनालको संयोजकत्वमा १३ सदस्यीय प्रदेश स्काउट तदर्थ समिति गठन गरेको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *