ट्रम्पले भनेः पेन्सिल्भेनियामा ५ लाख भोट गायब पारियो
वाशिङ्टन (एजेन्सी)। अमेरिकी राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रप पिछडिएपछि लगातार मतगणनामाथि प्रश्न उठाइरहेका छन्। उनले मतगणना जारी रहेको पेन्जिल्भिेनिया राज्यमा ५ लाख मत गायब पारिएकोसमेत आरोप लगाएका छन्।
उनले पाँख लाख मत गायब पारिएको भन्द्र ट्वीट गरेका छन्। उनको ट्वीटलाई ट्वीटरले मिसलिड हुनसक्ने भन्दै चेतावनीसमेत दिएको छ। ट्रम्पले यसअघि पनि मतगणनामाथि प्रश्न उठाएका थिए। ट्रम्पले मतगणनामाथि प्रश्न उठाएपछि अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम परिणाम आउन केही ढिलो हुन सक्ने अनुमान गरिएको छ। चुनावी परिणामको टुंगो सर्वोच्च अदालतबाट हुन सक्ने बहस भइरहेको छ।
उता डेमोक्रेटिक पार्टीका नेताहरुले चुनावी परिणामको विषय सर्वोच्चमा पुगे ट्रम्पले लज्जास्पद हार व्यहोर्ने टिप्पणी गरेका छन्।
यो समाचार तयार पार्दासम्म ट्रम्पले २१३ इलेक्टोरल कलेज जितेका छन् भने जो बाडइनले २३८ इलेक्टोरल कलेज जितेका छन्। अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल कलेज जित्नुपर्छ। बाइडेनलाई जितका लागि अब ३२ इलेक्टोरल कलेज आवश्यक छ।
They are working hard to make up 500,000 vote advantage in Pennsylvania disappear — ASAP. Likewise, Michigan and others!
— Donald J. Trump (@realDonaldTrump) November 4, 2020
No ads found for this position

डिसी नेपाल
Facebook Comment