बालुवाटारमा ओली–प्रचण्डबीच एक घण्टा छलफल

डिसी नेपाल
२० कार्तिक २०७७ १३:४८
316
Shares

काठमाडौं। नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच झण्डै एक घण्टा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस संयोगक रामशरण बजगाईँले जानकारी दिए।

पाँच दिन अघि बालुवाटारमा ओली र प्रचण्डबीच झण्डै तीन घण्टा लामो छलफल भएको थियो। उक्त छलफल पनि नेकपामा विवाद बल्झिएको थियो। प्रचण्डले प्रधानमन्त्री ओलीले आफूलाई सल्लाहमै पार्टी विभाजन गर्न प्रस्ताव गरेको आफू निकट सचिवलाय सदस्यहरुलाई ब्रिफिङ गरेका थिए।

कर्णाली प्रदेश सरकार विरुद्ध आफ्नो दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव गर्दा गराएपछि सुरु भएको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला ओली र प्रचण्डबीच भेटवार्ता भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *