पत्रकारलाई तलब नदिने सञ्चारगृहमा धर्ना दिइने

डिसी नेपाल
२० कार्तिक २०७७ २२:२२
36
Shares

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स–सम्मान पुनःबहाली र नियमित पारिश्रमिक दिलाउन पुनः आन्दोलन गर्ने भएको छ ।

महासङ्घले कोभिड–१९ को समयमा काम गरेको तलब–भत्ता उपलब्ध गराउनुपर्ने, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्नुपर्ने माग गर्दै यही कात्तिक २६ गते तीनवटा सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना समेत दिने तय गरेको छ ।

महासङ्घले आज विज्ञप्ती जारी गरी ऐन, नियमबमोजिम नियमित तथा पूर्ण पारिश्रमिक उपलब्ध गराउन पाँचदिने अल्टिमेटम दिँदै ती सञ्चार गृहमा आजै पत्र समेत पठाएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्यूज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार दैनिकको प्रकाशन गृह टिबिआई पब्लिकेसन्स प्रालि र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रालिलाई पटक–पटक लिखित र मौखिकपत्र तथा वार्ताबाट महासङ्घले गरेको आग्रह थियो ।
महासङ्घका अध्यक्ष गोविन्द आचार्य नेतृत्वमाको उच्चस्तरीय समितिको निर्णय बमोजिम पत्राचार गरिएको हो ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *