लोकसेवा आयोगद्वारा परीक्षा तालिका संशोधन
काठमाडौं । लोकसेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ। मधेशका केही जिल्लामा उत्पन्न परिस्थितिका कारण परीक्षार्थीहरूको आवतजावतमा पर्न जाने असुविधालाई मध्यनजर गर्दै आयोगले परीक्षा तालिका संशोधन गरेको हो।
संशोधित तालिका अनुसार साउन १६ गतेदेखि २१ गतेसम्म आयोगअन्तर्गतका कार्यालयहरूबाट सञ्चालन हुने भनिएका परीक्षाहरू अब साउन २३ गतेबाट हुनेछन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment