नेपाली सेनाले दियो भारतीय सेनापतिलाई १ लाख थान मास्क उपहार
काठमाडौं। नेपाली सेनाले भारतीय सेनापतिमार्फत भारतीय सेनालाई एकलाख मास्क उपहार दिएको छ।
नेपाली सेनाको मुख्यालय, भद्रकालीमा बिहीबार आयोजित एउटा विशेष समारोहमा नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाका सेनापति मनोजमुकुन्द नरवणेलाई सो उपहार प्रदान गरेका हुन्।
भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरु उपहारस्वरुप दिइएको कार्यक्रमकै अवसरमा नेपाली सेनाले नेपालमै निर्मित मास्क उपहार दिएको हो।
भारतीय सेनापति नरवणे कात्तिक १७ गतदेखि नेपालको तीन दिने भ्रमणमा छन्। प्रचलनअनुसार, उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथी पदको पद्वी लिएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment