स्वास्थ्य सामग्री हस्तान्तरण

डिसी नेपाल
२१ कार्तिक २०७७ २२:०३

धरान। धरान उपमहानगरपालिका वडा नं १४ ले कोरोना भाइरस सङ्क्रमितका लागि आवश्यक अक्सिजन तथा बाफ लिने उकरण खरिद गरी स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको छ । श्वास प्रश्वासका समस्याका कारण सङ्क्रमितको अकालमा निधन हुन थालेपछि वडाले स्वास्थ्य उपकरण खरिद गरेको हो ।

वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले स्वास्थ्य केन्द्र प्रमुख चन्दकला राईलाई तीन लाख बराबरको स्वास्थ्य सामाग्री आज हस्तान्तरण गरे। ती सामग्रीमा अक्सिजन, पल्स अक्सोमिटर, स्टिम गन स्यानिटाइजर, डिजिटल थर्मोमिटर लगायतका सामाग्री रहेका छन् । सङ्क्रमित बडाबासीलाई श्वासप्रश्वासमा समस्या भए घर मै पुगेर सेवा प्रदान गर्न स्वास्थ्यकर्मी राई, केन्द्रकुमारी बस्नेत र रुमा अधिकारीको टोली तयारी अवस्थामा राखिएको जनाइएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *