बाइडेनले अग्रता बनाएपछि जर्जियामा फेरि मतगणना हुने
वाशिङ्टन (एजेन्सी)। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जारी मतगणनाका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुदेखि अग्रता लिएको महत्वपूर्ण राज्य जर्जियामा विपक्षी उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन्। तर, उनको अग्रता निकै निकटको रहेको छ।
जर्जियाका सचिब ब्राड रैफेंसपर्गरले जर्जियामा मतभिन्ता निकै नजिकको रहेको भन्दै फेरि मतगणना हुने बताएका छन्। जर्जियाको मतगणना सकिनै लाग्दा बाइडेले करिब १५ सय मतले अग्रता बनाएका छन्। जर्जियामा फेरि मतगणनाको तयारी भएसँगै अमेरिकाले ४६ औं राष्ट्रपति पाउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ।
बाइडेनले हालसम्म २५३ इलेक्टोरल भोट जितिसकेका छन् भने उनलाई अब १७ इलोक्टरल भोटमात्र आवश्यक छ। उता ट्रम्पले मात्र २१४ इलेक्टोरल भोट जितेका छन्। मतगणना जारी रहेका पाँच मध्ये बाइडेनले ५ राज्यमा अग्रता बनाएका छन्। २० सिट रहेको पेन्सिल्भेनियामा पनि बाइडेनको अग्रता छ। यो राज्यमा बाइडेनले जिते अन्य राज्यको परिणाम आउनु अघि नै बाइडेनले जितका लागि आवश्यक पर्ने इलेक्टोरल भोट जित्ने छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment