पेन्सिल्भेनियामा पनि बाइडनले ट्रम्पलाई पछाडि पारे

डिसी नेपाल
२२ कार्तिक २०७७ ६:२७

बीबीसी। पेन्सिल्भेनिया राज्यका निर्वाचन अधिकारीहरूले दिएको ताजा मतगणनामा जो बाइडनले डोनल्ड ट्रम्पको अग्रता तोडेका छन्।

त्यहाँको ९८ प्रतिशत मतगणना सकिँदा बाइडन ५,५८७ मतले अगाडि रहेका छन्। बाइडनले त्यहाँ जिते भने त्यो उनलाई ह्वाइट हाउस पुर्‍याउन पर्याप्त हुनेछ। त्यहाँ जितेमा उनको २७३ इलेक्टरल मत हुनेछ।

त्यहाँ शुरूदेखि ट्रम्पले अग्रता लिए पनि विश्लेषकहरूले हुलाकमार्फत् आएका मतले बाइडनलाई अगाडि बढाउने अपेक्षा गरेका थिए। अब गन्न बाँकी पनि हुलाकमार्फत् आएका मत रहेकाले बाइडनको अग्रता कायमै रहन सक्ने आकलन छ।

नतिजा आउन बाँकी रहेकामध्ये जोर्जिया, नेभाडा र एरिजोनामा बाइडनको अग्रता छ भने नोर्थ क्यारोलाइना र अलास्कामा ट्रम्पको अग्रता छ। नोर्थ क्यारोलाइनामा ट्रम्पले १.४ प्रतिशतले अग्रता लिएका छन् भने अलास्कामा ६२.९ प्रतिशत मत उनको पक्षमा गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *