चुनाब हारेका ट्रम्पलाई डिभोर्स दिएर छाड्दै मेलानिया !

डिसी नेपाल
२३ कार्तिक २०७७ १७:०१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानियाले डोनाल्ड ट्रम्पलाई डिभोर्स दिने तयारी गरिरहेकी छिन् । मेलानियाले ट्रम्पले चुनाब हारुन् र उनी ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा उनीसँग सम्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर ‘हरेक मिनेट गन्दै बसिरहेको’ ट्रम्प परिवारकै पूर्व सहयोगहिरुले दावी गरेका छन् । डेलीमेलको रिपोर्टअनुसार उनीहरुको विवाह अहिले ‘व्यवसायिक सम्झौता’को रुपमा मात्रै बाँकी छ ।

यसअघि ट्रम्पले राष्ट्रपतिको निर्वाचन जितेपछि मेलानियालाई ह्वाइट हाउस आउन ५ महिना लागेको थियो । त्यतिबेला उनका छोरा बेरोनले स्कुल पूरा गर्न बाँकी भएकोले त्यसको लागि मेलानिया तत्काल ह्वाइट हाउस नसरेको बताइएको थियो । तर, ट्रम्प परिवारकी पूर्व सहयोगी स्टेफनी वोकफले दावी गरेअनुसार त्यतिबेला मेलानियाले आफू ट्रम्पसँग अलग्गिएपछि आफ्ना छोरा बेरोनलाई ट्रम्पको विरासतमा बराबरीको अंश दिलाउनको लागि छलफल गरिरहेकी थिइन् ।

वोकफका अनुसार डोनाल्ड र मेलानियाको ह्वाइट हाउसमा पनि छुट्टाछुट्टै सुत्ने कोठा थिए र उनीहरुको वैवाहिक सम्बन्ध ‘लेनदेनको मात्र’ थियो । अर्की पूर्व सहयोगी ओमरोसा मेनिगल्ट न्यूम्यानका अनुसार ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध सकिइसकेको छ । उनले भनिन् ‘मेलानियाले ट्रम्प अफिसबाट बाहिरिउन् र उनी सम्बन्ध विच्छेद गरेर जान सकुन् भनेर हरेक मिनेट गनिरहेकी छिन् ।’

ट्रम्प पदमै रहेका बेला मेलानियाले सम्बन्धविच्छेदको प्रयास गरेको भए ट्रम्पले उनलाई दुःख दिने कुनै तरिका खोज्न सक्ने भएकोले उनले प्रतिक्षा गरेको समेत न्यूम्यानले बताइन् । ट्रम्पकी पूर्व पत्नी मार्ला म्यापल्ससँग ट्रम्पले लिखित सम्झौता गरेका छन् जुन सम्झौताका कारण मार्लाले ट्रम्पको लागि अप्ठ्यारो हुने गरी कुनै पनि किताब छाप्न वा अन्तरवार्ता दिन पाउँदिनन् । वकिल क्रिस्टिना प्रेविटका अनुसार मेलानियासँग पनि ट्रम्पले त्यस्तै सम्झौता गरेको हुनसक्ने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *