उपभोक्ता समितिको चुनावमा पराजित भएका भुसालमाथि अज्ञात समूहको आक्रमण

डिसी नेपाल
२४ कार्तिक २०७७ ०:२७

चितवन। चितवनको मृगकुन्ज मध्यवर्ती वन उपभोक्ता समितिको चुनाबमा पराजित भएकै दिन शनिवार राती अज्ञात समूहले समाजसेवी लोकराज भुसालमाथि आक्रमणको प्रयास गरेको छ। मृगकुन्ज मध्यवर्ती उपभोक्ता समितिको चुनाब भएको दिन शनिबार राती अज्ञात समूहले रत्ननगर ६ निवासी भुसाललाई आक्रमणको प्रयास गरेको हो।

पाँच वटा मोटरसाइकलमा आएको समुहले भुसालको घरमा ढुंगा प्रहार गरी सिसा फुटाएको छ भने आफुमाथि अपशब्द समेत बोलेको भुसालले बताए। मार्ने उद्देश्यले उनिहरु आएको भन्दै उनले ‘घरबाहिर निस्की तँलाई छाड्दैनौ’ भनेको बताए। उनले भने, ‘उनीहरु योजना बनाएर आएका थिए, भेटेको भए उनिहरुले मलाई मार्ने थिए।

रातको समयमा आएकाले उनीहरु चढेको मोटरसाइकल र उनिहरुको पहिचान गर्न नसकिएको भुसालले बताए। मृगकुन्ज मध्यवर्ती उपभोक्ता समितीको अध्यक्षमा उनको पनि दाबी थियो। तर इकाइ ५ मा उनी ४ मतले पराजित भए। सोही इकाइबाट चुनाब जितेका दुर्गा घिमिरे अध्यक्षमा निर्वाचित भए। घिमिरे पनि नेकपाबाटै उम्मेदवार बनेका थिए। पार्टी भित्रकै बिवादले भुसालमाथि आक्रमण भएको अनुमान छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *