चेक बाउन्स भएपछि सुन्दर यातायातका अध्यक्ष पक्राउ
काठमाडौं। चेक बाउन्स प्रकरणमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन्। उनलाई प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो।
सुन्दर यातायातका सञ्चालकहरुको उजुरीका आधारमा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएको छ। बस ल्याउँछु भनेर व्यक्तिगत रुपमा सेयर सदस्यबाट पैसा उठाएको आरोप छ।
थापाले बस ल्याउँछु भनेर ३ करोड रुपैयाँ पैसा उठाएका थिए। पैसा उठाएर बस नल्याएपछि उनीहरुले पैसा फिर्ता माग्दा नदिएको उनीहरुको आरोप छ। उनले दिएको एक करोड चेक बाउन्ससमेत भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment