लामो रस्साकस्सीबीच प्रधानमन्त्रीले बोलाए नेकपा सचिवालय बैठक

डिसी नेपाल
२७ कार्तिक २०७७ ९:४३
196
Shares

काठमाडौं। लामो विवाद र रस्साकस्सीबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह चार बजे सचिवालय बैठक बोलाएका हुन्। ‘भोलि (शुक्रबार) चार बजे बैठक बस्ने म्यासेज आएको छ,’ नेकपा वरिष्ठ नेता झलनाथ खनालले डिसी नेपालसँग भने।

प्रधानमन्त्री सचिवालय बैठक बोलाउन सहमत नभए अर्का अध्यक्ष पुष्पकमल दाहालले आजै सचिवलय बैठक बोलाउने तयारी गरेका थिए। गत शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालयका पाँच सदस्यले लिखित रुपमा बैठक बोलाउन आग्रह गरेका थिए।

उनीहरुले बिहीबारसम्मको समयावधि दिएका थिए। बिहीबार विहानै सचिवालय सदस्यहरुलाई शुक्रबार बैठक बस्ने म्यासेज गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *