बाइकमा आएर कार चोरे, आफ्नो बाइक लिन अर्को बाइकमा आए, दोस्रो बाइक लिन पैदल आए

डिसी नेपाल
२७ कार्तिक २०७७ १६:००

काठमाडौं। भारतको इन्दौरमा चोरीको निकै अनौठो घटना भएको छ । चोरी त अरु चोरीजस्तै सामान्य किसिमको थियो तर यसको लागि चोरले जति चक्कर लगाए त्यो देखेर अनुसन्धानकर्ताहरु पनि चकित परे । दैनिक भास्करको रिपोर्ट अनुसार यहाँ एक अपार्टमेन्टबाट कार चोरी भयो । चोरीको अनुसन्धानको क्रममा जब सीसीटिभी फुटेज खोतलियो त्यसपछि बल्ल यो गजब चोरीको खुलासा भयो ।

टोरी कर्नरमा सृष्टि अपार्टमेन्टबाट एक कारको चोरी भएको थियो । सीसीटिभी फुटेज हेर्दा चोर बाइकमा आएको थाहा भयो । कार चोरी गरेर लिएर जाने क्रममा चोरले आफू आएको बाइक त्यहीँ छोडेर गए । केही बेरपछि उनी अर्को बाइकमा आए, आफू आएको बाइक त्यहीँ छोडेर पहिलो छोडेको बाइक लिएर गए । त्यसको केही बेरपछि फेरि पैदल आए अनि छोडेको दोस्रो बाइक पनि लिएर गए ।

सब इन्स्पेक्टर भगवान सिंह पटेलले बताएअनुसार फुटेजमा आरोपीको हुलिया र उनको हिँडाइको आधारमा जाँच सुरु गरिएको थियो । आरोपी गएकै दिशामा जाँच गर्दै सीसीटिभीको सहारामा पुलिस सरस्वती स्कुल पुग्यो । त्यहाँ खाली मैदानमा कार भेटियो । पुलिसलाई चोरी गर्ने आसपासकै भएको आशंका छ तर आरोपीलाई फेला पार्न सकेको छैन । पुलिसले हुलियाको आधारमा खोजी गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *