जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

डिसी नेपाल
२७ कार्तिक २०७७ १६:२३
24
Shares

काठमाडौँ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेत स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक २७ गते देखि कारोबार सुरु भएको हो ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलय सुर्खेतमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *