मजदुर समाजको यूएई शाखा गठन
अबुधाबी। मजदुरका लागि मजदुर भन्ने मुल नारा र उद्देश्यसहित स्थापना भएको नेपाली मजदुर एकता समाजको यूएई शाखा गठन गरिएको छ। मलेशिया, माल्दिभ्स, भारत, नेपाल गरी ४ वटा देशमा शाखा समिति निर्माण गरिसकेको नेपाली मजदुर एकता समाजले आफ्नो पाचौं शाखा समितिको रूपमा युएईमा समिति गठन गरेको हो।
लक डाउन को समयमा सबैभन्दा धेरै समस्या झेल्दै आएको यूएईले समिति गठन हुनु अगाडि नै फ्लेक्स कम्पनीका १७ जना पीडित हरुलाई खाने बस्ने व्यवस्थासहित स्वदेश फर्काउन महत्त्वपूर्ण भूमिका युएई समितिका प्रतिनिधिहरुको रहेको नेपाली मजदुर एकता समाजले बताएको छ।
नवगठित समितिको अध्यक्षमा सुभद्रा बुढाथोकी ‘सुबी’, वरिष्ठ उपाध्यक्षमा रुपेश क्षेत्री, उपाध्यक्षमा रमेश थापा, महासचिवमा उत्तम भण्डारी, सचिवमा कुमार लम्साल, कोषाध्यक्षमा टीका गुरुङ ‘दिपा’ र सहकोषाध्यक्षमा माया सेढाई ‘केसी’ रहेका छन्।
यस्तै प्रवक्तामा राजु जम्कटेल कट्टेल चयन भएका छन्। समितिको सदस्यहरुमा नर आचार्य, बिष्णु अधिकारी, मोहन घिमिरे, सूर्य लामा छन्। तीन सदस्यीय थप गर्नेगरी यूएई समिति निर्माण गरिएको समितिका प्रवक्ता राजु जम्कटेलले बताएका छन्। यस्तै नव गठित समितिलाई प्रवास समितिका तर्फबाट संयोजक प्रेम बहादुर शाहीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment