काँग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी

डिसी नेपाल
२८ कार्तिक २०७७ १६:३८
80
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी छ। यो बैठकले पार्टीको १४ औं महाधिवेशनको नयाँ मितिबारे निर्णय गर्ने काँग्रेस नेताहरुले जनाएका छन्।

शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि पदाधिकारीको बैठक भएको थियो। पदाधिकारी बैठकमा सहमति जुटेपछि केन्द्रीय कार्यसमिति बैठक ३ बजे शुरु भएको हो। यसअघि तोकिएको काँग्रेस महाधिवेशन फागुनमा नहुने नेताहरुले निश्कर्ष निकालेपछि नयाँ मितिबारे निर्णय हुन लागेको हो।

कोरोना महामारीका कारण महाधिवेशनभन्दा पहिला सम्पन्न गर्नुपर्ने कामहरु प्रभावित भएपछि तोकिएको मितिमा महाधिवेशन हुने अवस्था नरहेपछि नयाँ मिति तोक्न लागिएको हो। सभापति शेरबहादुर देउवा जेठमा महाधिवेशन गर्ने र पौडेल समूह तोकिएकै मितिमा गर्नुपर्ने अडानमा थिए। तर, शुक्रबार पदाधिकारीबीच सहमति बनेको बताइएको छ। तर के सहमति भयो भन्ने विषयमा भने खुलाइएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *