हुम्ला सीमा विवादः चिनियाँ दूतावासले काँग्रेसलाई पठायो पत्र, काँग्रेस बैठकद्वारा चीनलाई जवाफ

खेमराज थापा
२८ कार्तिक २०७७ १८:४२

काठमाडौं। हुम्लामा उत्तरी छिमेकी चीनले नेपाली सीम मिचेको भन्दै नेपाली काँग्रेसले दिएको प्रतिवेदनप्रति आपत्ति जनाउँदै काठमाडौंस्थित चिनियाँ दूतावासले शुक्रबार पत्र पठाएको छ। पत्रमा चीनले हुम्लामा सीमा मिचिएको भन्दै काँग्रेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले स्थलगत अवलोकनपछि दिएको प्रतिवेदन झुठो भएको दावी गरेको छ।

दूतावासले शुक्रबार काँग्रेसलाई पत्र पठाएको काँग्रेसले जनाएको छ।

चिनियाँ दूतावासको पत्र र हालै चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोवल टाइम्सले नेपाली काँग्रेसबारे गरेको टिप्पणलिाई काँग्रेसको शुक्रबार भएको बैठकमा छलफलसमेत भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।

काँग्रेसले दूतावासको पत्रप्रति ध्यानकर्षण भएको जनाएको छ। उता कााग्रेसले ग्लोवल टाइम्सको टिप्पणीप्रति निन्दासमेत गरेको छ। सो पत्रिकाले काँग्रेसलाई भारत परस्त भन्दै नेपाल–चीन सीमा विवाद नरहेको तर, काँग्रेस र जीवनबहादुर शाहीले त्यसलाई अनावश्यक रुपमा उचालेको टिप्पणी गरेको थियो।

काँग्रेस केन्द्रीय कार्यसमितिले बैठकबाट निर्णय नै गरी यो विषयमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ। काँग्रेसको निर्णयमा भनिएको छ, ‘ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ। नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो। नेपाली कााँग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ। नेपाली काँग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन। नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहनेछ।’

यस्तै अर्को निर्णयमा काँग्रेसले भनेको छ, ‘नेपाल स्थित चिनिया दुतावासले नोभेम्वर १३ मा नेपाली काँग्रेस पार्टीलाई लेखेको पत्रमा जीवनबहादुर शाहीले सार्वजनिक गर्नु भएको प्रतिवेदनलाई आधारविहिन र झुठो भन्दै गैर जिम्मेदार र अमैंत्रीपूर्ण पनि भनिएको छ। यसप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। जहाँसम्म जीवनबहादुर शाहीको हुम्लामा सीमा अतिक्रमण भएको प्रतिवेदनको सन्दर्भ छ, उहाँले ७ वुँदे सार सहितको निष्कर्ष र ति निष्कर्षहरुलाई पुष्टि गर्ने १८ वुँदे प्रमाण र आधारहरु समेत प्रस्तुत गर्नु भएको छ। यस सम्बन्धमा शाहीले नेपाल सरकारलाई आफ्नो टोलीले निकालेको निष्कर्षका आधारमा नेपाल सरकारले गर्नु पर्ने कामका सम्बन्धमा ३ वुँदे सुझाव र सिफारिश पनि दिनु भएको छ र उहाँको प्रतिवेदन सीमा सुरक्षाको सरकारको जिम्मेवारीप्रति लक्षित छ।’

काँग्रेसले भनेको छ, ‘यदि चिनिया सरकारले भने जस्तै हुम्लामा नेपालको कुनै भूमि अतिक्रमण नभएको हो भने यसको निर्क्योल दुई सरकारबीचको सँयुक्त सीमा निर्धारण टोलीले स्थानीय सरोकारवालाहरुको भनाई र ऐतिहासिक भोगचलनको तथ्य सहित आएको तथ्य, सीमा स्तम्भहरुको अवस्था लगायतको प्राविधिक मूल्याङ्कनको आधारमा टुङ्गो लगाउन आपत्ति हुनु पर्ने कुनै कारण छैन। यसले नेपाली जनता माझ रहेको आशंका निवारण गर्न मद्दत गर्नेछ।’

काँग्रेसको निर्णयमा अगाडि भनिएको छ, ‘नेपाली काँग्रेस के स्पष्ट गर्न चाहन्छ भने सन् १९५९ मा नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले सीमा सम्बन्धी जुन सम्झौता चीन सरकारसँग गर्नु भएको थियो, त्यसकै आधारलाई टेकेर दुई देशबीच एक अर्काबीच अहस्तक्षेप र एक अर्काको भू–भागलाई सम्मान गर्ने नीति पालन गर्दै आएको छ। आगामी दिनमा पनि पालना गर्नेछ। नेपाली काँग्रेस दुई देशको मैंत्रीपूर्ण सम्बन्धलाई सत्तामा रहँदा र नरहँदा पनि सधै उच्च प्राथमिकतामा राख्दै आएको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले सार्वजनिक गर्नु भएको प्रतिवेदन सम्बन्धमा काठमाडौंस्थित चिनियाँ राजदूतावासको आधारहिन आरोप लामो समयदेखि नेपाली काँग्रेस तथा चिनियाँ सरकार र जनता बीच रहेको मैंत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमा विपरीत भएको कुरामा सम्बन्धित पक्षको ध्यानाकृष्ट गर्दछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *