प्रदेश १ मा ३६४ सङ्क्रमित थप

डिसी नेपाल
२८ कार्तिक २०७७ २१:३७

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७०५ जनाको पिसिआर परीक्षण गरिएकामा १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हुनेमा मोरङमा १४२ मध्ये विराटनगरमा ८१, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा आठ, तेह्रथुममा पाँच, इलाममा चार, पाँचथर र सोलुखुम्वुमा तीन/तीन, सङ्खुवासभा र धनकुटामा दुई/दुई, ओखलढुङ्गा र भोजपुरमा एक/एक र प्रदेश बाहिरका २२ जना रहेका छन् ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २३ हजार ४३४ पुगेको छ । प्रदेशमा आज ७३६ सङ्क्रमित निको भई घर फर्केका छन् भने उनीहरुको सङ्ख्या हालसम्म १७ हजार १५४ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म एक लाख ७७ हजार ३५४ जनाको पिसिआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *