संरक्षित चितुवा मृत फेला

डिसी नेपाल
२९ कार्तिक २०७७ १९:१३

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–४ मा पर्ने लाम्पाखे सामुदायिक वनको ठूलोचौरमा संरक्षित चितुवा मृत अवस्थामा फेला परेको छ ।

अन्दाजी २५ किलो तौलको पाटे चितुवा आज बिहान मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । बस्तीबाट अनुमानित एक किलोमिटर माथि जंगलमा टाउकामा चोट लागेको अवस्थामा मृत चितुवा फेला परेको हो ।

दुई चितुवाबीच भिडन्त हुँदा उक्त चितुवा मरेको आशंका गरिएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । केही समय पहिले देखि नै बाघ, चितुवाले गाइ बस्तु खान थालेपछि स्थानीयवासी चितुवाको आक्रमणबाट हैरान हुँदै आएका थिए ।

मृत चितुवालाई घटनास्थल छेउमा गाडिएको जिल्ला वन कार्यालयका प्रमुख लोकराज नेपालले जानकारी दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *