चिसो बढेसँगै उत्तरी गोरखामा हिमपात पर्न शुरु

डिसी नेपाल
१ मंसिर २०७७ १६:३०

गोरखा । उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न शुरु भएको छ । मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात पर्न शाुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले जानकारी दिए ।

हिमपात पर्न शुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको उनले बताए । “हिमपातसँगै चिसो पनि बढ्न थालेको छ”, लामाले भन्नुभयो, “दैनिक घरायसी कामकाजमा समेत समस्या हुन थालेको छ ।” उनले हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिए ।

“मानिसहरु आवतजावत गर्न, विकास निर्माणका काम गर्न, खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको छ”, स्थानीयबासी लामाले भने, “हिमपातका कारण आवासीय रुपमा सञ्चालनमा रहेका विद्यालयहरु समेत चलाउन कठिनाइ भएको छ ।”

अहिले प्रोकभन्दा माथिल्लो क्षेत्रमा हिमपात परेको चुमनुव्री गाउँपालिका—१ का वडाध्यक्ष बीरबहादुर लामाले बताए। हिमपातका कारण लार्केपास र रुइला नाका जानेबाटो समेत अवरुद्ध भएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *