७८ वर्षका वृद्धले १७ वर्षकी किशोरीसँग बिहे गरे, बिहेको २२ दिनमै किन गर्नुपर्‍यो डिभोर्स ?

डिसी नेपाल
१ मंसिर २०७७ १७:५२

काठमाडौं। अघिल्लो महिना ७८ वर्षका वृद्धले १७ वर्षकी किशोरीसँग विवाह गरेको घटनाले निकै चर्चा पायो । घटना इण्डोनेसियाको थियो । यो जोडीले खुसीसाथ बिहे गरेका थिए । तर, विवाहको २२ दिनमै यो जोडीको जीवनमा ठूलो घटना भयो । इण्डोनेसियाको पश्चिम जावाको सुवाङमा यो जोडीले विवाह गरेको २२ दिनमै सम्बन्धविच्छेद गरेका छन् । स्थानीय मिडिया रिपोर्टअनुसार गएको अक्टोबर ३० मा उनीहरुको सम्बन्धविच्छेद भएको छ ।

अबाह सर्ना नामका ७८ वर्षका व्यक्तिले नोनी नविता नामकी १७ वर्षकी किशोरीसँग बिहे गरेका थिए । तर, त्यसको २२ दिनमै उनीहरुको सम्बन्धविच्छेद भयो । बेहुलीको परिवारका अनुसार अबाहले नै अचानक आफ्नी श्रीमती र उनका माइतीलाई सम्बन्धविच्छेदको नोटिस पठाएका थिए । नोनीकी दिदी इयानका अनुसार उनीहरुबीच कुनै विवाद पनि भएको थिएन । बेहुलीका माइतीले उमेर फरक हुँदाहुँदै पनि यो विवाह स्वीकार गरेका थिए तर अबाहकै परिवारले यसमा आपत्ति जनाए ।

उनहिरुको बेहेको बेला नोनी पहिले नै गर्भवती भएको चर्चा चलेको थियो । तर नोनीकी दिदी इयानले भने यो खबर सत्य नभएको भन्दै खण्डन गरेकी छिन् । विवाहको क्रममा अबाहले नोनीलाई निकै ठूलो परिमाणमा उपहार समेत दिएका थिए जसले धेरैको ध्यान तानेको थियो । तर, अचानक उनहिरुले सम्बनधविच्छेद गर्नुपर्ने स्थिति किन आयो भन्ने प्रस्ट हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *