प्रहरीको कारवाहीबाट भागे चन्द समूहका कार्यकर्ता

डिसी नेपाल
१ मंसिर २०७७ १८:५६

किमाथाङ्का । सङ्खुवासभा चैनपुर नगरपालिका –४ मैदानेमा प्रहरीको कारवाहीबाट नेत्रविक्रम चन्द समूह कार्यकर्ता भागेका छन् ।

बिहान ११ बजे गस्तीमा रहेको प्रहरी टोलीको कारबाहीबाट समूहका कार्यकर्ता भागेको सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए ।

प्रहरीको नियमित गस्तीमाथि समूहका कार्यकर्ताले पहिले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फाइरिङ खोल्नुपरेको थियो । दुवैतर्फको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति नभएको उनले बताए ।

प्रहरी परिचालन

त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटनास्थल मैदानेमा सशस्त्र र नेपाल प्रहरीसहित ५० भन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी प्रमुख मल्लले जानकारी दिए ।

घटनास्थलमा सशस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मी पुगेका छन् । घटनास्थल आसपास सुरक्षाकर्मी परिचालन गरेर समूहका कार्यकर्ताको खोजी तीव्र पारिएको र अहिलेसम्म कोही फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *