घुन्सामा स्वास्थ्य कार्यालय निर्माण , प्रधानमन्त्रीद्वारा मङ्सिर ५ गते उद्घाटन हुने

डिसी नेपाल
१ मंसिर २०७७ २१:५६

फुङ्लिङ । ताप्लेजङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा घुन्सा फाउण्डेशनको पहलमा पहिलोपटक स्वास्थ्य इकाइ कार्यालय निर्माण गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सो कार्यालयको नवनिर्मित भवनको उद्घाटनका लागि यही मङ्सिर ५ गते ताप्लेजुङ आउने कार्यक्रम तय भएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले चीनको तिब्बतसँग सीमा जोडिएको टिपताला भञ्ज्याङको पनि निरीक्षण गर्ने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिए । उक्त कार्यक्रमको तयारीका लागि सो क्षेत्रमा सरसफाइ र सुरक्षा व्यवस्थाको तयारी गरिएको छ ।

ताप्लेजुङको सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा यसअघि गत असोज २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सशस्त्र प्रहरीको बोर्डर सुरक्षा पोष्ट (बिओपी) उद्घाटन गरेका थिए ।

हिमालीबस्ती घुन्सा पर्यटकीय क्षेत्रसाथै कञ्चनजङ्घा हिमालको आधार शिविर पनि हो । जिल्ला सदरमुकाम फुङ्लिङदेखि घुन्सा र ओलाङ्चुङगोला २६ कोष टाढा दूरीा पर्दछ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *