त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा प्रहरी आवास गृह निर्माण

डिसी नेपाल
२ मंसिर २०७७ १७:१८
56
Shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विमानस्थल सुरक्षा प्रहरी आवास गृह’ निर्माण गरिएको छ । विमानस्थलको सुरक्षाको काममा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न भएको हो ।

नवनिर्मित भवनको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै युनिट गठन गर्ने बारेमा सरोकारवाला निकायसँग छलफल चलिरहेको बताए।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार कूल रु ७ करोड १५ लाख १७ हजार लागतमा भवन निर्माण गरिएको हो ।

विमानस्थल कार्यालयअन्तर्गतको इञ्जिनीयरिङ महाशाखाले निर्माण गरेको सो भवन २०७५ असोज ६ गते सम्झौता भई २०७७ असोज ६ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।

कोरोना महामारीका कारण दुई महिना समय थप गरी निर्माण सम्पन्न गरिएको हो । दुई हजार ५०० वर्गमिटर क्षेत्रफलमा फैलिएको तीन तले सो भवनमा ३५० व्यक्तिका लागि आवास सुविधा उपलब्ध हुनेछ ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *