नेकपा विवादमा गगनपछि बाबुरामको इन्ट्री

डिसी नेपाल
३ मंसिर २०७७ १८:३०
276
Shares

काठमाडौं। सत्तारुढ दल नेकपाको आन्तरिक विवादले देशलाई नै समस्या परेको भन्दै अन्य दलका नेताहरुले पनि आफ्नो प्रतिक्रिया दिन थालेका छन्। नेकपाको बुधबारको सचिवालय बैठकले अर्को बैठक १३ गते बस्ने निर्णय गरेसँगै विवाद १३ गतेलाई सरेको छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले राजीनितक प्रतिवेदन पेश गरेपछि नेकपाको विवाद गम्भीर मोडमा पुगिरहेका बेला जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष तथा प्रचण्डका पूर्व सहयात्री डा. बाबुराम भट्टराईले ट्वीटमार्फत नेकपाको विवादबारे आफ्नो प्रतिक्रिया दिएका छन्।

उनले प्रधानमन्त्री ओलीलाई अब प्रधानमन्त्रीबाट हटाउनै पर्ने बताएका छन्। प्रचण्डले पेश गरेको प्रतिवेदनमा ओलीमाथि संगीन आरोप लगाइएको छ। सो आरोपबारे पार्टीमा आन्तरिक बहस होला तर, अब प्रधानमन्त्रीलाई हटाउनै पर्ने डा. भट्टराईको भनाई छ।

यसअघि बुधबार नै काँग्रेस नेता गगनकुमार थापाले नेकपा विवादबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्रीमाथि लगाइएको आरोपको हिसाबकिताब मागिने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *