प्रधानमन्त्री ओलीले ल्याउने एकल प्रतिवेदनले पनि पार्टी एकता जोगाउँदैन : पोखरेल

डिसी नेपाल
३ मंसिर २०७७ २०:०३
556
Shares

काठमाडौं। नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एकल राजनीतिक प्रस्ताव ल्याउँदैमा पार्टी एकता नजोगिने बताएका छन्। बुधबार बसेको सचिवालय बैठकमा ओलीले आफूले पनि प्रतिवेदन ल्याउने भन्दै १० दिनको समय मागेपछि अर्को बैठक यहि मंसिर १३ गतेलाई तोकिएको छ।

ओली निकट नेता पोखरेलले भने ओलीले ल्याउने एकल प्रतिवेदनले पनि पार्टी एकता नजोगिने बताएका छन्। उनले यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता हुनुपर्ने र दुई अध्यक्षले साझा प्रतिवेदन ल्याउनुपर्ने बताएका छन्। उनले यो १० दिनको समय साझा प्रतिवेदन ल्याउनका लागि उपयोग गर्नसमेत सुझाव दिएका छन्।

उनले साझा प्रतिवेदन आउन नसके बुधबारको बैठकमा महासचिब विष्णु पौडेलले राखेको सबै सचिवालयका सदस्यले राजीनामा दिने प्रस्तावले लखेट्ने भन्दै चेतावनीसमेत दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *