प्यूठानमा विद्यालय खोल्ने निर्णय

डिसी नेपाल
४ मंसिर २०७७ १६:०२
40
Shares

प्यूठान। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले जिल्लामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

कोभिड–१९ का कारण पटक पटक प्रभावित हुँदै आएको विद्यालय स्वास्थ्य मापदण्ड अनुसार सञ्चालन गर्ने विहीबार बसेको बैठकले निर्णय गरेको हो।

जिल्लाका विभिन्न ठाउँमा लाग्न थालेको कुलपूजालाई लक्षित गरी बैठकले कुलपूजा गर्न सकिने तर भिडभाड नगर्ने वातावरण बनाउने निर्णय गरेको छ।

कुलपूजा गरे पनि भिडभाड र मेलापर्व नगर्ने केन्द्रले निर्णय गरेको हो। मंसिर महिनामा जिल्लाका विभिन्न ठाउँमा कुलपूजा लाग्ने गर्दछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *