४० करोडको सुपर कारको धज्जी उडाएर युट्युबरले बनाए भिडियो

काठमाडौं। १७ वर्षका एक किशोरले ४० करोडको सुपरकारको धज्जी उडाएर भिडियो बनाएका छन् । यो इटलियन पगायनी हुआएरा रोडस्टर सुपरकारको मूल्य ४.४ मिलियन डलर थियो र यो कार अमेरिकाको टेक्सस राज्यको ड्यालसमा दुर्घटना भएको थियो । कारबजको रिपोर्टअनुसार यी किशोरको नाम गेज गिलियन हो र उनका पिता अरबपति व्यवसायी हुन् ।

गेजले यो घटनापछि एउटा भिडियो बनाएका छन् जसमा उनले दुर्घटनाको बारेमा कुरा गरेका छन् । उनले आफूलाई जीवनमा दोस्रो मौका दिएकोमा भगवानलाई धन्यवाद दिएका छन् । कारको दुर्घटना कसरी भयो भन्ने प्रस्ट भएको छैन । यो कार सिधै गएर एउटा रुखसँग ठोक्किएको मानिएको छ । यो दुर्घटनाको समयमा गेजसँग गाडीमा उनका युट्युबर साथी ज्याक वाकर थिए । रिपोर्टका अनुसार गेजका पिताले गएको जूनमा मात्र यो कार किनेका थिए । गेजका पितासँग रल्स रोय डन, फरारी, लेम्बोर्गिनी र म्याकलरेन कार पनि छन् ।

गेजका पिताको नाम टिम गिलियन हो र उनी अमेरिकाको इक्विटी फर्म क्रस इक्विटीका संस्थापक हुन् । रिपोर्टका अनुसार दुर्घटनाको बेला कारका एयरब्याग खुलेका थिए । प्रत्यक्षदर्शीका अनुसार कार क्षतविक्षत भएको थियो । उनका अनुसार कारमा बसेकाहरु निकै भाग्यमानी थिए त्यसैले उनीहरुलाई चोट लागेन ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो