प्रदेश नं १ मा ४४७ सङ्क्रमित निको

डिसी नेपाल
५ मंसिर २०७७ १८:४३

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ४४७ कोरोना सङ्क्रमित निको भएका छन् । विभिन्न जिल्लाका होम आइशोलेसनमा बसेका सङ्क्रमित निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म निको हुनेको सङ्ख्या २० हजार २२६ पुगेको छ । प्रदेशमा सोही अवधिमा ७७४ जनाको पीसीआर परीक्षण गरिएकामा ७६ महिलासहित २०७ कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ७१ मध्ये विराटनगरमा ५०, सुनसरीमा ५७, सङ्खुवासभामा ३४, झापामा २८, तेह्रथुम र उदयपुरमा तीन÷तीन इलाम र धनकुटामा दुई÷दुई र प्रदेश बाहिरका सात जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २४ हजार ९४१ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ८२ हजार १३७ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *