कोरोना सङ्क्रमणबाट बुटवलमा थप दुईको मृत्यु

डिसी नेपाल
५ मंसिर २०७७ २०:५१

रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुङ्गा नगरपालिका–१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

सङ्क्रमित दुबै जनामा उच्च ज्वरो, उच्च रक्तचाप र श्वासप्रस्वाससम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाका पुरुषमा यही २ गते कोरोना पुष्टि भएको थियो भने गुल्मीका पुरुषमा कात्तिक २८ गते कोरोना पोजेटिभ देखिएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *