खनूपरुदे प्रकाहा : असाधारण व्यक्तित्वको सम्झना

खनुपरुदे प्रकाहा अर्थात रामबाबु प्रसाई २०७७ साल असोज २३ गते शुक्रबारका दिन कोरोनाको संक्रमणका कारण स्वार्गवास हुनुभएको खबर श्रीमती सुष्मा कोइरालाले फोन गरी मलाइ बताउँदा म स्तब्ध भएँ। सय वर्ष पुग्न तीन महिना बाँकीमा स्वर्गे हुनुभएका रामबाबुलाई म पोहोर नेपाल गएको बेला भेट्दा उहाँको चेतना र स्मरण ताजै थियो।

आफू वयस्क भएपछि नाम परिवर्तन गर्ने विचार आएछ। पुरोहितले राखिदिएको खड्गमान केशरी प्रसाईँ लामो भनेर आमाबाबुले रामबाबु भन्ने गरेको नामबाट प्रचलित हुनुभयो। तथापि उहाँले अरु कसैको नभाको नाम सिर्जना गर्नुभयो। पुरेतले राखिदिएको नामको पहिलो अक्षर ख र आमा,बावुका नाम तथा जन्मेको थलोको पहिलो अक्षर लिएर खनुपरुदे प्रकाहा नामाकरण गर्नुभयो।

तीन छोरा र दुई छोरीका नामसमेत ककसका पहिला अक्षर जोडेर अनौठो सुनिने नयाँ नामाकरणको प्रयोग प्रचलनमा ल्याउनुभयो। रामबावुका भाइ भरतबावुले भने छत्रमान केशरी प्रसाईंकै अंग्रेजी पहिला अक्षरबाट छोटकरीमा सीके प्रसाईँ बनाई त्यही नामबाट प्रसिद्ध हुनुभयो।

नेपाली कांग्रेस बिपीवादी चिन्तनका जेष्ठ धरोहर बित्नु भएको खबरले मलाइ केही विचलित बनायो। राजा र मेरो घाँटी जोडिएको छ भन्ने बीपी कोइरालाको अभिव्यक्तिलाई गहिरो र प्रष्ट गर्ने रामबावु दाइ भन्नुहुन्थ्यो, ‘राजावादी मुकुण्डो भिरी राजाको नजिक भएका र बामहरु मिलेर राजतन्त्र र प्रजातन्त्रलाई एउटै अचानोमा छप्क्याउँछन् यदि हाम्रो कांग्रेसी एकता भएन भने।

कांग्रेसीको एकताको आधार सूत्र भनेको बहुदलीय प्रजातान्त्रिक समाजवादभित्र संवैधानिक राजतन्त्र अटाउने व्यवस्था हो।’ हामीलाई उहाँ सम्झाइरहनु हुन्थ्यो–हाम्रा सन्त नेता कृष्णप्रसाद भट्टराई र त्यागी नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक गरिएको २०४६ को जन आन्दलोलनले २०४७ सालको संविधान जन्माएको हो।

त्यो संविधान भट्टराईजीको कुशल प्रधानमन्त्रीत्वकालमा संविधानविद विश्वनाथ उपाध्यायको संयोजकत्वमा लेखिएको प्रजातान्त्रिक संविधान हो। त्यसलाई च्यात्ने जलाउने उद्दण्ड व्यक्तिहरु सँग घाटी जोड्न गएका हाम्रा कांग्रेसी साथीहरुलाई आत्मालोचना गरी कसरी ट्रयाकमा फर्काउन सकिन्छ भन्ने उहाँको गम्भिर चिन्तन थियो।

वामहरुले पहिलो राष्ट्रपति बनाइदिने भन्ने लोभमा परी फसेका गिरिजालाई फोनबाट सम्झाइ हेर्नुभयो। यी आतंककारीका नाइके प्रथम राष्ट्रपति हुने भनेर जताततै पर्चावाजी भित्ते लेखन छ तपाईँ होसमा फर्कनुहोस भनी सम्झाउनुभयो। तर गिरिजा मान्नुभएन।

पदीय हिसाबले पनि कृष्णप्रसाद भट्टराईलाई औपचारिकरुपमा २०४८ सालको आठौँ महाधिवेशनले नेपाली कांगे्रसको सभापति निर्वाचित गरेपछि उहाँले रामबावुलाई कोषाध्यक्ष बनाउनुभयो। त्यसो त भट्टराईजीलाई विपी आठ वर्ष जेल सकी छुटेपछि २०२५ साल फागुन एक गतेदेखि नै कार्यवाहक सभापति दिएर आफू स्वनिर्वासित भई पञ्चायतका विरुद्ध सशस्त्र विद्रोहको घोषणा गर्नुभएको हो।

भट्टराईजी १४ वर्ष जेल बस्नुभयो, पञ्चायतको विराध गरेर निर्वासित हुनुभएन। विपी र भट्टराई दुवैका विश्वासपात्र रामबावु हुनुहुन्थ्यो। रामबावु मितव्ययी भए पनि दुईटा नेताले अनुरोध गरेका सन्दर्भमा व्यक्तिगतरुपमा पनि आर्थिक सहयोग गर्नुहुन्थ्यो।

सुवर्णसम्सेरपछि सायद रामबावु नै आर्थिकरुपमा अरु नेताहरुभन्दा सम्पन्न हुनुहुन्थ्यो। देवेन्द्र नेपाली भन्नुहुन्छः सुवर्णसम्सेर नभएको भए नेपाली कांग्रेस बाँच्दैन थियो होला र रामबावु नभएको भए झापा, विराटनगरमा कांग्रेसको प्रभाव रहदैन थियो। उहाँ झापा मोरङका संयोजक हुनुहुन्थ्यो। नेपालीका अनुसार रामबावुको बचपन वीरगञ्जकै गहबा टोलमा बितेको थियो।

हाङपाङ ताप्लेजुङमा जन्मिएका झापाका मान्छे ९० वर्ष अगाडि बाटोघाटो नभएको अवस्थामा वीरगञ्जमा आवतजावत कसरी भयो होला मेरो उत्सुक्तलाई नेपालीले प्रष्ट्याउनु भयो, ‘सिलीगुढी भएर रक्सौल ट्रेनमा चढ्ने होला।’ उतिबेलाको हिसाबमा रामबावु जमिनदार हुनुहुँदो रहेछ।

उहाँका भाइ सिके प्रसाईँ पनि नेपाली कांग्रेसका सशक्त बुद्धिजिवी हुनुहुन्थ्यो। उनको पञ्चायती सरकारले पाँचसय विघा जमिन र सवस्र्वहरण गर्दा हात्तीसमेत लगेको प्रसंग रामबावु बताउनुहुन्थ्यो। त्यस्तै सुवर्णसम्सेरको पनि सर्वस्वहरण भएको हो। राजा महेन्द्रले सायद बिपीको पार्टीलाई आर्थिकरुपमा तहस नहस पार्न धनाढ्य नेपाली कांग्रेसका कार्याकर्ताको सर्वस्वहरणको मेहरो चलाएर अरुमा त्रास पैदा गराएका थिए।

२०४७ सालको जनआन्दोलन सफल भइ बहुदलीय व्यवस्था पुनरुत्थानसँगै भट्टराईजी अन्तरिम प्रधानमन्त्री बनेपछि पञ्चायतले हरण गरेका व्यक्तिका जग्गा केही हदमा फिर्ता भए भनेर रामबावु भन्नुहुन्थ्यो। त्यो आन्दोलनको बेला म अफ्रिकामा भएकाले बीबबीसीको सीमित समाचारबाहेक नेपालको समाचार पाउन गाह्रो थियो। अहिलेजस्तो मोबाइल र सामाजिक सञ्जालको आविष्कार भइसकेको थिएन।

नेपाली कांग्रेसको राजनैतिक सिद्धान्तका धरोहर र आर्थिक खम्बा रामबावु असाध्यै परिपक्व र योग्य व्यक्ति भएपनि उहाँ पदीय राजनीतिमा लाग्नु भएन भन्दा पाप लाग्छ। २०५१ सालको निर्वाचनमा झापाबाट उम्मेद्वार हुनुभएको थियो। मालेको प्रभाव क्षेत्र भएकाले उनकै नेता सीपी मैनालीले जिते। त्यसपछि गिरिजाप्रसाद कोइरालाको घातप्रतिघातको षड्यन्त्रकारी राजनीति शुरु हुनथालेपछि रामबावु वीपीको चिन्तन बोकेर काठमाडौंमा एउटा शक्ति केन्द्रमै रहनुभयो।

सात वर्ष जेल र सात वर्ष निर्वासनमा रहनुभएका रामबावु २०३३ साल पुष १६ गते वीपी कोइराला पञ्चायतविरुद्धको सशस्त्र क्रान्ति त्यागी राष्ट्रिय मेलमिलापको प्रस्ताव राजासमक्ष राखी नेपाल फर्केका दिन सँगै फर्कनुभएको हो। रामबावुका आफन्त पूर्वराष्ट्रिय पञ्चायतका सदस्य हाल राजावादी विश्लेषक दीर्घराज प्रसाईँले मेरो एउटा प्रश्नको जवाफ यसरी दिनुभएको छ, ‘२०३३ साल पुस १६ गतेका दिन त्रिभुवन हवाइ मैदानमा गाउँफर्कको आयोजनामा वीपी कोइरालालगायत सबै कांग्रेसी नेताहरुविरुद्ध कालो झण्डा देखाएर हवाइजहाजबाट उत्रिनै नदिने हंगामा मच्चाएको थियो। मलाइ त्यो कार्यक्रम पटक्कै मन परेको थिएन। म त्यस कार्यक्रममा सहभागी भइनँ।

मैले भ्याएसम्म राजदरबारका सचिवहरुलाई राजनैतिक नेताहरु आफ्नो देश फर्किन खोजिरहेको अवस्थामा यसरी नचाहिँदो काम गर्नु राम्रो कुरा होइन भनेर जानकारी दिएको थिएँ। राजा वीरेन्द्रको निर्देशनमा त्यो दिन एयरपोर्टबाट तत्कालीन आइजिपी खड्गजित बरालले पञ्चायतविरोधी राजनीतिक नेताहरुको सुरक्षार्थ प्रहरीको मोटर पठाएर त्यही मोटरबाट बिपीलाई महाराजगञ्ज प्रहरी गेष्ट हाउसमा ससम्मान राखियो।’

त्यसदिन हामी एयरपोर्टमा स्वागत गर्न गएका कार्यकर्ताहरुलाई पञ्चायतका साँढे कहलिएका मण्डलेहरुले निर्घात कुटपिट गरेका थिए। हामी लामो कपाल नबाटी गएका महिलामाथि हातपात कपाल लुछ्ने, साडी तान्ने, च्यात्ने र पछाडिबाट सकेसम्म कुटेका थिए। २०२८ सालमा सुशीला आमाले बनारसमा दिएको सिल्क सााडी धूजाधूजाभएको अझै साँचेर राखेकी छु। मेरो पिठ्यूँमा कुटेको दाग अझै छ।

मैले कुट्नेको अनुहार नियाल्न सकिनँ। साथीहरु भन्थे कमल थापा र दीपक बोहोरा पनि कुट्नेमा थिए। त्यसो त २०३२ सालमा त्रिवि परिसरमा आएर म लगायतललाई मण्डलेहरुले कुटेका थिए।

निर्वासमा रहँदा रामबावुको सिलिगुढीमा मानेवासा भन्ने निवास थियो। नेपाली कांग्रेसका अलपत्र परेका वा सहयोगको अपेक्षा गर्नेहरु प्रायः त्यहाँ पुग्दथे। म पनि धनकुटा कलेजका विधार्थीहरु लिएर त्यहाँ पुगेकी थिएँ। उहाँले दार्जिलिङमा समेत हामी पच्चीसजना लाई बस्ने व्यवस्था मिलाइदिनुभएको थियो।

२०३० सालमा धनकुटाबाट मेरो पदमकन्या काठमाडौंमा सरुवा भएपछि साहित्यिक पत्रकार संघको सदस्य भएका बेला दार्जिलिङका साहित्यकारहरुले सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानलाई अभिनन्दन गर्ने महोत्सवमा हाम्रो संघका अध्यक्ष भवानी भिक्षुले मलाइ पनि जानेमा छान्न्ुभयो। मेरा दुई प्रध्यापक मित्रहरु सुशीला भट्ट र निर्मला भट्टराई पनि जान उत्सुक भए। हामी फेरि मानेवासामा बस्न पुग्यौँ।

२०३३ सालमा निर्वासनबाट फर्की जेल मुद्दा मामिला, फुकुवा भएपछि रामबावु वीर्तामोड, झापामा बस्दा म र दुई राणा साथी श्रीशशम्सेर र उपेन्द्रशम्सेर भएर ‘मानस’ नेपाली र ‘द न्यासनल स्टार’ अंग्रेजी पत्रिका निकाल्न थालेका थियौँ। श्रीश र म पत्रिकाको बजार विस्तार र विज्ञापनका लागि मेची पुग्दा रामबावु दाइले धेरै सहयोग गर्नुभयो। आफ्नै घरमा खाने बस्ने व्यवस्था, एजेन्ट खोजिदिने गर्नुभयो। त्यतिबेला पञ्चायती राजा समर्थक श्रीश पनि रामबावु दाइसँग प्रभावित भएका थिए। गत १५ वर्षदेखि २०४७ सालको संविधान पुनःस्थापना दुवैको साझा एजेण्डा रह्यो।

१५ वर्षकै उमेरदेखि क्रान्तिकारी रामबावु राणा शासनको विरोधमा लाग्नुभएको थियो। आफ्नै विचार शैली र स्वभावमा चल्ने रामबावु विपीका विचारप्रति सधैं निष्ठावान रहनुभयो।

भ्रष्टाचारका विरोधमा सधैं आवाज उठाउनु भयो। एकपल्ट उहाँका सम्धीले अफिसको गाडीमा घर पु-याइदिन्छुभन्दा यो भ्रष्टाचार हो भनेर मान्नुभएन। त्यस्तै कृषिमन्त्री चक्र वास्तोलाले पार्टीको काममा मन्त्रालयको गाडीमा जाऊँ भन्दा तिमी भ्रष्टाचारी हौ सरकारी गाडीमा पार्टीको काममा जाने भनेर चढ्न मान्नुभएन। उहाँ कोषध्यक्ष हुँदा अध्यक्षले एक जिस्ता कागज बनाउन एकजनालाई पठाउँदा सभापतिबाट माग फाराम भराएर लिएर आऊ मौखिक दिन मिल्दैन भनेर फर्काएको प्रसंग माधव कोइराला बताउनु हुन्छ।

उनका भाइ सीकेबाट रामबावुका चाखलाग्दा किस्सा सुनेकी थिएँ। २०१८ सालमा नेपाली कांग्रेसका कार्यकर्ता मार्ने मेहरो चल्दा एक मारिने लिष्टमा परेका व्यक्ति रामबावुका भकारीमा लुकेछन्। रामबावु पनि समातिनेमध्येकै थोत्रे लुगा लगाएर बस्नुभएछ झटपट। सेना घरमा प्रवेश गर्दा काम गर्ने ठानी ए! फलाना व्यक्ति देखिस् भनेर सोधेछन्।

‘म के जानु आफैँ खोज्दा वेस’ भनेको भन्यै गर्नुभएछ। पटक पटक उही जवाफ दोहोर्याएको सुनेर सेनाले यो हावा खुस्केको रहेछ भनेर हिडेँ रे र दूवैको ज्यान जोगियो रे। एकपल्ट दशजना खान आउँछौं भनेर खबर पठाएको ११ जनापुग्दा एक जनालाई चाहिँ होटेलबाट खाना मगाएर खुवाउनु भयो रे।

लामो समयदेखि रामबावु दाईलाई चिनेको भए पनि २०६१÷६२ देखि विशेषरुपमा नजिकबाट काम गर्ने मौका मिल्यो। उहाँको सुकेधारा घरमा खानाखाजा कति खाइयो कति। हाम्रो बुढानिलकण्ठ घरमा कति आउनुभयो त्यो आफ्नो ठाउँमा छ। २०६९ मा मेरा जेठो छोरा सम्योगले लेखेको धर्मेन्द्र सेवानले गाएको गीतको रेकर्ड पनि हाम्रै घरमा केही संगीत प्रेमी बोलाएर रामबावुकै हातबाट विमोचन गरियो।

प्रकाश कोइराला, मणि लामा, मलगायत आठजना नेका वीपीवादी राजा ज्ञानेन्द्रको अन्तिम मन्त्रिमण्डलमा भट्टराई र रामबावुको सहमतिमा गएका थियौं। जब गिरिजा कोइराला राजतन्त्रको विरोधमा खुलेर गण्तन्त्रवादी भएर वामहरु र विदेशीले उचालेको सडक आन्दोलनमा लागे अनि रामबावुले वीपीवादी कांग्रेस भएर बस्न गिरिजा कांग्रेस छोड्नुभयो।

मेरी श्रीमती वितेपछि म फेरि विवाह गर्ने नगर्नेमा द्विविधामै थिएँ। ७० वर्ष नाघेको मान्छेले के गर्ने अन्योल थियो। एक्लो जीवनले मलाइ सुखी पार्न सकेन। कहिले डडेल्नु चिलाउँदा कस्लाई कन्याई देऊ भन्नु। कहिले पानी झरर पर्छ कसलाई हेरन कस्तो रमाइलो भन्नु आदि इत्यादि।

यसै परिवेशमा रामबावुको सल्लाहमा र माधव कोइरालाको व्यवस्थापनमा पहिलो भेला बिपीपुत्र प्रकाश कोइरालाका घरमा भयो। रामबावुले लेखेको मैले छापेको यो सुरुको अपिल त्यसदिन सबैलाई बाँडी पत्रपत्रिका प्रायःजसोमा पठाएको थिएँ।

नेपाली कांग्रेस गणतान्त्रिक कित्तामा उभिएकाले यसको मौलिक मान्यताका आधारमा नयाँ कांग्रेस पार्टी गठन गरिने घोषणा भयो। सञ्चार, राजनैतिककर्मीहरु वुद्धिजिवी, मजदुर, महिला जनजाति दलित सबैको प्रतिनिधित्व हुनेगरी सबै प्रजातान्त्रिक राष्ट्रवादीहरुलाई अपिल भयो। मिति २०६२ मंसीर ४ का दिन निर्वाचन आयोगको सूचनाअनुसार न्यूनतम संख्यामा दल दर्ता गर्ने निर्णय गरी दर्ता गरियो ‘नेपाली कांग्रेस राष्ट्रवादी’।

त्यसदिन ८४ वर्षीय हाम्रा नेताको स्वास्थ्यका कारण उहाँले म्याद नगुजार्न मलाइ अघि सार्नुभयो। उहाँले दर्ताका लागि बनाउनु भएको समितिमा नाइनास्ती नगरी दर्ता गर्यौँ। अध्यक्ष डा. दुर्गा पोखरेल, महासचिव श्री माधव कोइराला, कोषाध्यक्ष सुशीला सिं (कैलाली) सदस्यहरुःपदमकुमारी शाही (कालिकोट) शिब बुढाथोकी (रामेछाप) शिवकुमार मण्डल( सिरहा)।

दल दर्तापछि माधवजीले रामबावुलाई भन्नुभयो, ‘म जीवनमा दुईपल्ट साह्रै खुशी भएको छु। पहिलोपल्ट बेहुलो हुँदा र दोस्रोपल्ट आज पार्टी दर्ता गर्दा।’ रामबावु् दाइको खुसीकोे हाँसो म अहिले पनि झलझली सम्झन्छु। रामबावुले आफ्नै घरमा एउटा ठूलो कोठामा अफिस दिनुभयो। सुशीला र मैले चाहिने सामान किनेर ल्यायाैं।

कुर्सीहरु रामबावु दाइले नै किन्नुभयो। पार्टी कार्यालयको रितपूर्वक उद्घाटन गरेपछि पहिलो बैठकले रामबावु् प्रसाईँ र प्रकाश कोइरालालाई अध्यक्ष र सहअध्यक्ष, म उपाध्यक्ष र अरु यथावत रहने पास गर्यौँ। वामहरुले पहिलो राष्ट्रपति बनाइदिने भन्ने लोभमा परी फसेका गिरिजालाई फोनबाट सम्झाइ हेर्नुभयो।

यी आतंककारीका नाइके प्रथम राष्ट्रपति हुने भनेर जताततै पर्चावाजी भित्ते लेखन छ तपाईँ होसमा फर्कनुहोस भनी सम्झाउनुभयो। तर गिरिजा मान्नुभएन। त्यसपछि फेरि रामबावुलाई सर्वोच्च नेता, प्रकाशजीलाई कार्यकारी अध्यक्ष र अरु यथावत रही कुनै तयारी नगरी पहिलो संविधान सभामा धारो चिन्हले नेपाली कांग्रेस राष्ट्रवादीको प्रतिनिधित्व गर्यो।

रामबावुले खेसरा गर्नुभएको घोषणा पत्रको शुरुको हरफ यसप्रकार छ : ‘२००७ सालको सशस्त्र क्रान्तिदेखि लिएर २०३३ सालको राष्ट्रिय मेलमिलापको सन्देशसम्मका समयसापेक्ष निर्णय लिन र नेतृत्व प्रदान गर्न निपूर्ण जननेता विश्वेश्वरप्रसाद कोइराला र २००७ सालदेखि २५ सालसम्मको अति कठिन परिस्थितिमा आफ्ने सर्वस्व त्यागेर पनि नेपाली कांग्रेसलाई जोगाइराख्ने विवेकशील नेता सुवर्णसम्शेर जबरालाई स्मरण गर्दै वीर नेता गणेशमान सिंह र त्यागी नेता कृष्णप्रसाद भट्टराईको कुशल नेतृत्वमा सञ्चालित २०४६ सालको अहिंसात्मक सफल जनआन्दोलनद्वारा स्थापित प्रजातन्त्रको संरक्षण गरी नेपाली कांग्रेसको मौलिक आस्था र मान्यतालाई निरन्तरता दिने अठोटका साथ राष्ट्रियता, प्रजातन्त्र, मानवअधिकार, समाजवाद र उदारवादलाई युग सुहाउँदो परिमार्जन गरी अर्थपूर्ण एवं व्यवहारिक धरातलमा उतार्दै जनताका आधारभूत आवश्यकता पूरा गराउनको लागि जनतासँगै राजनैतिक साझेदारी गर्न नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताको सल्लाह र सहमतिले नेपाली कांग्रेस राष्ट्रवादी दल गठन गरिएको हो।’

व्यवस्था गणतन्त्रमा गएपछि हाम्रो पार्टीले निर्वाचनमा भाग लिन हुदैन भन्नुभयो र त्यही निर्णय गरियो। गिरिजा कांग्रेस छोड्ने कांग्रेसी र कांग्रेसइतरका धेरै अरुहरुले ०४७ सालको संविधान पुनस्र्थापना गराउन समिति गठन गर्दा रामबावुलाई संयोजक भएर विभिन्न कार्यक्रम हुँदै आएकोमा रामबावुको मृत्युले यतिबेला त्यस अभियानमा ठूलो धक्का परको छ।

राजनीतिबाहेक उहाँको चिन्तन र कार्य सामाजिक सेवा र साहित्यिक संरक्षणमा पनि थियो। नरेन्द्रराज प्रसाईंका अनुसार रामबावुले आफ्नो जन्मथलो हाङपाङमा सार्वजनिक प्रयोगका लागि चार रोपनी जग्गा, विर्तामोड स्कुलका लागि एक विघा, वजार बसाउन एक विघा पाँच कठ्ठा र मेची क्याम्पसका लागि दश कठ्ठा जमिन दान दिनुभएको हो। कुपण्डोल वागमती छेउमा घाट निर्माण पनि गर्नुभएको रहेछ।

त्रिमूर्ति निकेतन अर्थात् कविशिरोमणि लेखनाथ पौड्याल, नाटक सम्राट बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटाका लागि आठ लाख दिएको भन्नुहुन्थ्यो। ‘देरुनिख’ सार्वजनिक हित गुठी सामाजिक संस्था स्थापना गरी एक करोड एक लाखको अक्षयकोष राखेको पनि थाहा भयो। नइ प्रकाशनलाई प्रदान गरेको रकमबारे गाइँगुईँ विवाद भए पनि नइले रामबावुलाई दानवीर खनुपरुदे घोषणा गरेर जीवित गराएको छ।

पैसा भन्ने कुरा हातको मयल आउँछ जान्छ। उहाँको योगदानलाई संस्थागत गरी लिपिबद्ध गरेकोलाई सकारात्मक कार्य मान्नु पर्ने हुन्छ।
मेरा श्रीमान डा. एन्थनी विलेटसंग साह्रै कुरा मिल्दथ्यो रामबाबुको। उहाँहरुको सवभन्दा मिल्ने विषय कृषि थियो। रामबावु आफूले बम्बै विश्वविद्यालयबाट कृषिमा बिएस्सी गरेको आफ्नो जमानाको कुरा गर्नुहुन्थ्यो। एन्थनी केम्ब्रिज बेलायतबाट कृषि विषय पढेर अफ्रिका र नेपालमा काम गरेको आफ्नो अनुभव बताउनु हुन्थ्यो।

बैठक कोठामा उहाँले बस्ने कुर्सीमा अरुले बस्न हुदैनथ्यो। आफूघरमा नहुँदा आगन्तुकले ढोका ढकढक्याउलान वा घण्टी बजाउलान भनी ‘रामबावु हुनुहुन्न फर्केर जानु’ लेख्नुहुन्थ्यो।

रामबावुले सुकेधाराको घर पछाडिको सानो चोक्टा जमिनमा पनि तरकारी लगाउनु भएको थियो। घर अगाडि भने फूलैफूल लगाउनु भएको थियो। एन्थनीले बुढानिलकण्ठमा रोपेको तरकारी र फलफूल बगैँचा हेर्न आउनुहुन्थ्यो। उहाँ मौसमी तरकारी र फलफूलमात्र खानु हुन्थ्यो। दिउसोको खाजामा मौसमी फल केही न केही हुन्थ्यो। मुरली मकैका फूल उठेका मकै, फापरको रोटी मिठो मान्नु हुन्थ्यो।

७० वर्षको उत्तरार्धमा आफ्नी श्रीमती वितेपछि उहाँ पशुपति छेउमा घर बनाएर बस्नुभएकोमा युनेस्कोको विश्वसम्पदा सूचीमा पशुपति परेपछि विकास कोषले त्यहाँका वासिन्दालाई उठाउँदा रामबावुले सुकेधारामा जग्गा किनी घर बनाइ सर्नु भएको हो। एक दिन हर्षित भएर आफ्नो दोस्रो विवाहबारे सुनाउनुभएको थियो। मेरी श्रीमती वितेपछि म फेरि विवाह गर्ने नगर्नेमा द्विविधामै थिएँ।

७० वर्ष नाघेको मान्छेले के गर्ने अन्योल थियो। एक्लो जीवनले मलाइ सुखी पार्न सकेन। कहिले डडेल्नु चिलाउँदा कस्लाई कन्याई देऊ भन्नु। कहिले पानी झरर पर्छ कसलाई हेरन कस्तो रमाइलो भन्नु आदि इत्यादि। छोराहरु त्यति खुशी थिएनन् मैले दोस्रो विवाह गर्न खोज्दा नितान्त व्यक्तिगत कारणले मैले गर्ने निर्णय गरी अधवैंशे विधवाको खोजीमा मान्छे लगाउँदै अविवाहित माइतै बसेकी कटुवाल क्षत्री केटी चालिस नागेकी फेला पर्यो। विवाह गरेर हामी दुवैलाई राम्रो भयो।

पुनावती भाउजु साह्रै माया गर्ने। ठिक ठिक समयमा खान दिने, हेरविचार गरी रामबावु दाइको स्वस्थ दीर्घजीवन निर्माणमा उहाँको ठूलो योगदान छ। दाजु पनि साह्रै माया गर्ने। नयाँ गाडी किन्दा पनि यिनलाई सजिलो होस भनेर भन्नुभयो।

बैठक कोठामा उहाँले बस्ने कुर्सीमा अरुले बस्न हुदैनथ्यो। आफूघरमा नहुँदा आगन्तुकले ढोका ढकढक्याउलान वा घण्टी बजाउलान भनी ‘रामबावु हुनुहुन्न फर्केर जानु’ लेख्नुहुन्थ्यो। रामबावुको जीवनगाथाबाट धेरै कुराहरु सिक्न र बुझ्न पाए पनि सवभन्दा महत्वपूर्ण शिक्षा हो सत्ताकै लागि राजनीति गर्नुपर्ने रहेनछ।

व्यक्तिगत जीवन जिउने कला उहाँबाट सिक्नै पर्ने हुन्छ । आफ्नो जीवन आफैँ व्यवस्थित गरी आनन्दपूर्वक आफूले भनेजस्तै गरी जिउने कला एकल पुरुषहरुले विशेष गरी सिक्नुपर्ने देख्तछु। उहाँले कुनै अवस्थामा पनि विचलित नभई जेजे पर्छ स्वीकार्दै परिस्थितिअनुसार आफू परिवर्तित हुँदै झण्डै सय वर्षै बाँच्नुभयो। रामबावु दाइलाई मेरो सलाम। उहाँको आत्माले पक्कै पनि शान्ति पाएको छ।  पुनावती भाउजुमा परेको चोटमा आत्मसात गर्दै हार्दिक समवेदना प्रकट गर्दछु। त्यस्तै छोराछोरीमा पनि समवेदना।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो