पछिल्लो २४ घण्टामा देशभर १६७४ जना संक्रमित थपिए, २३२३ जना निको, कहाँ कति ? (तथ्यांकसहित)

डिसी नेपाल
६ मंसिर २०७७ १६:२०

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १४४ नमुना परीक्षण गर्दा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २३ सय २३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३०५ पुगेको छ।

यस्तै हालसम्म ७५७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख ५२ हजार ४३ जनाको पीसीआर परिक्षण भएको छ ।

तथ्यांक:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *