पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न सिफारिस

डिसी नेपाल
६ मंसिर २०७७ २०:३८

काठमाडौं। शनिबार चितवनको राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा नेकपा नगर कमिटीमा भएको घटनालाई लिएर राप्ती नगर कमिटीले जिल्ला कमिटी चितवनलाई दोषीमाथि कारबाही गर्न सिफारिस गरेको छ।

नेकपा स्थायी कमिटी सदस्य तथा चितवनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले बोलिरहेको बेला नेकपाकै केही युवाहरुले नारावजी गरेका थिए। यही विषयलाई लिएर राप्ती नगर कमिटीले दोषीमाथि कारबाही गर्न जिल्ला कमिटीमा सिफारिस गरेको हो।

नगर कमिटीले केही बाहिरबाट आएका अराजक हुलले कार्यक्रम विथोल्ने प्रयार गरेको र नेता पाण्डेमाथि अभद्र व्यवहार गरेको जनाएको छ। यो घटनालाई लिएर वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले वक्तव्य जारी गर्दै घटनाको निन्दा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *