माइतीघर मण्डलामा चीनले भूमि मिचेको भन्दै प्रदर्शन

डिसी नेपाल
६ मंसिर २०७७ २३:२०

काठमाडौं। काठमाडौंस्थित माइती घर मण्डलामा शनिबार चीनले हुम्लामा नेपाली भूमि मिचेको भन्दै केही युवाहरुले प्रदर्शन गरेका छन्। तर, नेपाल सरकार चीनले भने चीनले भूमि नमिचेको स्पष्ट पारिसकेका छन्।

तरपनि काँग्रेस नेता तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा निर्वाचित जीवनबहादुर शाहीको टोलीले हुम्लाको नाम्खा गाउँपालिकाको सीमा क्षेत्रमा अवलोकन गरी चीनले सीमा मिचेको प्रतिवेदन काँग्रेस कार्यालयमा दिएका छन्।

यही विषयलाई लिएर हालै काठमाडौंस्थित चिनियाँ राजदूतावासले नेपाली काँग्रेसलाई पत्र पठाउँदै विरोध जनाएको थियो भने, चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोवल टाइम्सले भारतीयहरु र काँग्रेस तथा काँग्रेस नेता जीवनबहादुर शाहीले अनावश्यक सीमा मिचिएको भन्दै विवाद निम्त्याएको बताएको थियो।

त्यसपछि काँग्रेस केन्द्रीय कार्यसमितिले निर्णय नै गरेर चिनियाँ दूतावासको पत्र र ग्लोवल टाइम्सको समाचारप्रति आपत्ति प्रकट गरेको थियो। यही विषयलाई लिएर शनिबार काठमाडौंमा रहेका हुम्लाका युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

केही अपुष्ट स्रोतहरुले भने शनिबारको प्रदर्शनमा भारतीयहरुको पनि संलग्नता रहेको जनाएका छन्। शुक्रबारमात्र भारतीय राजदूत विनयमोहक क्वात्राले मुख्य सचिब शंकरदास वैरागीसँग भेट गरेर चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणबारे चासो राखेका थिए।

भारत र चीनबीच लामो समय सीमा विवाद चलिरहेका बेला चिनियाँ रक्षामन्त्रीले नेपालको भ्रमण गर्न लागेकोमा भारतको चासो बढ्दै गएको छ। चिनियाँ रक्षामन्त्री यही नोभेम्बरको अन्तिममा काठमाडौंमा आउने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *